लिम्पियाधुराबारे दुई छिमेकीसँग विनम्रतापूर्वक लड्छौँ : नेम्वाङ


हरेकपल May 17, 2020

काठमाडौं, ४ वैशाख । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपालमा अब कहिले पनि नाकाबन्दी नलाग्ने बताएका छन् ।

संसदमा आइतबार नीति तथा कार्यक्रममाथि बोल्दै उनले विगतमा जति नाकाबन्दी भए पनि अब त्यस्तो मार नेपालले व्यहोर्नु नपर्ने बताए । सरकारले भूपरिवेष्ठित देशलाई भूजडित बनाएको भन्दै नेम्वाङले चीनतर्फ पनि समुद्रसम्म पुग्ने नाका खोलेकाले अब नाकाबन्दी कहिल्यै नलाग्ने बताए ।

दुई छिमेकीले सम्झौता गरेर लिम्पियाधुरालाई व्यापारिक नाकाको रुपमा अघि बढाएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यसका विरुद्ध विनम्रतापूर्वक लड्ने बताए ।