अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश पहिलो नेपाली, बने उपविजेता


हरेकपल May 18, 2020

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको उपाधि जित्न असफल भएका छन् ।
अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका हुन् ।

फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेशलाई जित्दै जस्ट साम अमेरिकन आइडल बनेकी छिन् ।

दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।