नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्याे


हरेकपल May 18, 2020

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमित संख्या ३०४ पुगेको हो ।


रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ नम्बर वडाका २१, २१, २३, २५,२५, २९ र ३० वर्षका पुरुषहरु र सोही जिल्लाको माधवनारायण नगरपालिका ३ का वर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी अनुसार बारा करैयामाई ५ निवासी ३८ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको छ ।