युवकको मृत्यु हुँदा क्वारेन्टाइनमा स्वास्थ्यकर्मी थिएनन्


हरेकपल May 18, 2020

नेपालगन्ज । बाँकेको नरैनापुर गाउपालिका वडा नं. ५ को दिपेन्द्र प्राविमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका २५ वर्षिय युवकको क्वारेन्टाईन बसाईको क्रममा आईतबार बिहान मृत्यु भएको छ ।

गत बैशाख ३० गते भारतको मुम्बैबाट आएका उनी गाउपालिककाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनी कोरोना संक्रमित भएको मृत्युपछि पुष्टि भएको थियो ।

मृतक युवकसंगै आएका अन्य ३ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई कोरोना आईसोलेशन अस्पताल बेलझुण्डि दाङ्गमा उपचारको लागि भर्ना गरिएको छ । उनीहरुको कन्ट्यक्ट ट्ेसिङ्गमार्फत शनिबार स्वाब कलेक्सन गरिएको थियो । जव युबले बान्ता गरे, वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य क्वारेन्टाईनको व्यबस्थापनमा ध्यान दिन नसक्दा युवकले उपचारै नपाएर ज्यान गुमाउनु परेको बताउछन्

शनिबार बेलुका खाना खाएर सुतेका उनले ४ बजे बिहान एक्कासी २ पटक बान्ता गरेपछि बेहोस भएका थिए । नरैनापुर गाउपालिकाका स्वास्थ्य शाखा सहसंयोजक नागेन्द्र शाहका अनुसार एक्कासी बान्ता भएपछि एम्बुलेन्सको खेजी गर्दा गर्दै उनको निधन भएको थियो ।

क्वारेन्टाईनमा खटेका स्वास्थ्यकर्मी दिनेशकुमार मौर्यले मृतकमा शनिबार साँझसम्म कुनै लक्षण देखिएको बताए । ‘राती ११ बजेसम्म क्वरेन्टाईनमा बसेकासंग कुरा गर्दै बसेर सुतेका उनी एक्कासी विरामी भएको खबर आएपछि क्वारेन्टाईन पुग्दा उनी गम्भीर अवस्था थिए ।’ उनले भने ।

वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य क्वारेन्टाईनको व्यबस्थापनमा ध्यान दिन नसक्दा युवकले उपचारै नपाएर ज्यान गुमाउनु परेको बताउछन् । राजधानी दैनिकमा खबर छ ।