रोल्पा र दाङका ३ दर्जन मजदुर मन्थलीमा अलपत्र


हरेकपल May 18, 2020

रामेछाप । रोल्पा र दाङ जिल्ल्ला घर भएका तीन दर्जन मजदुर मन्थलीमा अलपत्र परेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालीकामा निर्माणाधिन सडक निर्माणको काम गर्दै आएका ति मजदुरहरु काम रोकिएपछि घर फर्कने क्रममा मध्यबाटामानै अलपत्र परेका हुन् । ३५ जना मध्य १० जना आज दिउँसो सदरमुकाम मन्थली आईपुगेका र वाँकि सवै आज साँझ सम्ममा मन्थलीमानै आईपुग्ने पिडितहरुले बताएका छन् ।


रातको समेत पर्वाह नगरि करिब ३ दिनको कठिनपुर्ण यात्रा पछि आईतबार विहान मन्थली आएका सवै मज्दुरहरु थकान र भोकले लखतरान देखिएका थिए । उनिहरुको बारेमा जानकारी पाएपछि सवैलाई खानपानको ब्यवस्था रामेछाप उद्योग बाणिज्य संघले मिलाएको र वाँकि आउँदै गरेका हरुलाई पनि खाने व्यवस्थाका प्रवन्ध मिलाईने पनि रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नविन केसिले जानकारी गराए ।

लकडाउनका कारण आफुले श्रमगरेको रकम समेत ठेकेदारले नदिएको र तत्काल लकडाउन हट्ने अवस्था नदेखेपछि विना बाटो खर्चनै आफुहरु घर तर्फ लागेको अलपत्र अवस्थाका मज्दुर विशाल भण्डारीले गुनासो गरे । उनले लक डाउन र संभावित कष्टको बारेमा थाहा पाएर पनि आफुहरु घर जान लागेको पनि बताए । अवस्था गम्भिर छ । मरिन्छ बाँचिन्छ थाहा छैन् । बरु मरे पनि बाँचेपनि परिवार संगै भेट हुन्छकि भनेर पैदलै भएपनि घर जान हिडेका हौ भण्डारीले भक्कानिदै भने ।
उनिहरुको अवस्थाका बारेमा थाहा पाउना साथ आफुले सम्वन्धित निर्माण ब्यवसायी संग समन्वय गरि उनिहरुलाई घर पठाउनका लागि पहल सुरु गरि सकेको प्रमुुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । उनले बाटामा रहेका बाँकि मज्दुर हरु पनि मन्थली आईसकेपछि उनिहरु सवैलाइ स्थानिय प्रशासन संग समन्वय गरि सवैलाई एकैे साथ गन्तब्य स्थल सम्म पठाईने जानकारी पनि प्रजिअ शर्माले गराईन् ।