मोहनबहादुर वस्नेतको उद्धार सहयोग


हरेकपल May 18, 2020

काठ्माण्डौं ५ जेठ । पूर्व सूचना तथा संचारमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर वस्नेतले कोरोनासंक्रमणबाट मृत्युवरण गरेकी महिलाको शिशुलाई पौष्टिक आहार व्यवस्था गर्न रु पचास हजार एकमुष्ट सहयोग गर्ने हुनुभएको छ । उहाँले ती शिशुकालागि कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च समेत आफूले दिने निर्णय गर्नुभएको छ ।

सिन्धुपाल्चोकको वाह्रविसे नगरपालिकाकी सावित्री लामिछानेको कोरोना भाइरसबाट यही जेठ १ गते निधन भएको थियो । उनी नौदिनकी सुत्केरी थिइन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी सावित्री घर फर्केको केही दिनमा नै अस्वस्थ भई धुलीखेल अस्पतालमा लैजादै गर्दा उनको निधन भएको थियो ।
शिशुकालागि सहयोग गर्नुभएकोमा वस्नेतको सबैतिरबाट प्रशंसा भएको छ ।