आज मंगलवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ ६ गते


हरेकपल May 17, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १८ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको एकादशी तिथि दिवा ३।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र राति ८।४० बजेसम्म रहनेछन् । यसैगरी प्रीति योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।१५ मा छ भने सूर्यास्त बेलुका ६।४७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहनेछन् ।


आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना लाभदायी रहनेछ । यसैगरी आज गणेशस्तोत्र पाठका साथै ॐ गं गणपतये नमः भन्ने मन्त्रको जप पनि लाभदायी रहनेछ ।