सेनाले चीनबाट ल्यायो १८.८४ टन टन स्वास्थ्य सामग्री


हरेकपल May 19, 2020

काठमाडौं, ६ वैशाख । नेपाली सेनाले चीनबाट १८.८४ टन टन सामान ल्याएको छ । सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार ल्याइएको सामानमा पिपिई, एन(९५ मास्क लगायतका सामान रहेको छ ।

सरकारले खरिद गरेको सो सामान मंगलबार बिहान काठमाडौं आइपुगेको छ। नेपाल एयरलाइन्सको जहाज सोमबार साँझ त्यता गएको थियो । नेपाल एयरलाइन्सको वाइडबडीमा ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो।

यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ। ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको थियो। कन्टेनरमा करिब ८ टन सामान भएको जनाइएको छ।

नेपाली सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिदका लागि चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको थियो। यसबाट करिब ३ सय ४१ टन चिकित्सकिय सामान नेपाल ल्याइनेछ।