गोकुल बास्कोटाको ७० करोडको अडियो सार्वजनिक गर्ने मिश्रलाई सुरक्षा थ्रेट


हरेकपल May 19, 2020

काठमाडौं, ६ वैशाख । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडिओ सार्वजनिक गरेका विजयप्रकाश मिश्रले सांसदहरू गोकुल बाँस्कोटा, प्रेमबहादु आले र सूर्य पाठकलगायतबाट असुरक्षा भएको उल्लेख गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएका छन्।

मिश्रले आफूले बाँस्कोटाको अडिओ सार्वजनिक गरेको कारण सुरक्षाको चुनौती भएको उल्लेख गरेका छन्। उनले निवेदनमा राष्ट्रिय मानव अधिकार आयोगलाई समेत बोधार्थ दिएका छन् ।

आफ्नो घर भएको ठाउँ टोखा नगरपालिका वडा ११ मा वैशाख ३० गते चारजना शंकास्पद व्यक्तिले अवलोकन गरेको उल्लेख गर्दै मिश्रले त्यसरी अवलोकन गर्नेमध्ये दुईजना भारतीय मूलका रहेको बताएका छन् ।

उनीहरूले सगरमाथा अञ्चलको मोटरसाइल प्रयोग गरेको मिश्रले उल्लेख गरेका छन् ।