आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ ज्येष्ठ ७ गते


हरेकपल May 19, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १९ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको त्रयोदशी तिथि बेलुका ७।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र राति ११।१२ बजेसम्म रहनेछन् । यसैगरी आयुष्मान् योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।१४ मा छ भने सूर्यास्त बेलुका ६।४८ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।
आज प्रदोषव्रत परेको छ । त्रयोदशी तिथिको सन्ध्याकालीन समय दोषयुक्त रहने गर्दछ । प्रदोषमा केवल शिवजीको उपासना लाभदायी रहने गर्दछ ।