नेसंविले अहिलेसम्म पाउन सकेन नेतृत्व, प्राध्यापक संघद्वारा ध्यानाकर्षण


हरेकपल May 19, 2020

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले हालसम्म पनि नेतृत्व नपाएको र नियमित रूपमा पाउनुपर्ने बढतलव अर्को आर्थिक वर्ष लाग्नै लाग्दा पनि नपाएकोमा नेसंवि प्राध्यापक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

यसैगरी विश्वविद्यालय गत भदौ महिनादेखि नै नेतृत्वविहीन रहेको र उपकुलपतिको नियुक्ति लामो समयसम्म पनि हुन नसक्दा विश्वविद्यालयका शैक्षिक गतिविधि पनि प्रभावित भएको संघले जनाएको छ ।

यसैगरी वर्तमान अवस्थामा कोभिड १९ बाट सुरक्षित रही प्रविधिको मध्यमले पठनपाठनको व्यवस्था मिलानउन पनि संघले विश्वविद्यालय समक्ष माग गरेको छ ।