काठमाडौंमा दुईजना प्रहरीलाई कोरोना संक्रमण


हरेकपल May 20, 2020

काठमाडौं । काठमाडौंमा दुईजना नेपाल प्रहरीको सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ ।
उनिहरु महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ प्रहरीको उच्च स्रोतले जनाएको छ ।

यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । बुधबार थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।

त्यस्तै, अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी गरी १२ जना सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।