रामेछापका कोरोना संक्रमित खाँडादेवी–१ राकाथुमका : प्रजिअ


हरेकपल May 20, 2020

रामेछाप ७ जेठ । मंगलबार काठमाडौमा कोरोना पोजेटिभ देखिएका ब्यक्ति रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमको भएको पुष्टि भएको छ । संक्रमित व्यक्ति बैशाख गते ३० गते राकाथुमबाट काठमाडौं गएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् ।


मंगलबार स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा रामेछापका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको भनेर मात्र जानकारी गराउँदा भएको अष्पष्टताले स्थानिय प्रशासन, संचार माध्याम, र सर्व साधारणलाई समेत अन्योल पैदा भएको थियो । मन्त्रालयबाट रातिनै उक्त व्यक्तिको ठेगाना प्रष्ट भएको विवरण प्राप्त भएपछि जिल्ला स्वास्थ प्रमुख जितेन्द्र कर्णको नेतृत्वमा स्वास्थ कर्मिको टोली राकाथुम पुगे र निजको घर परीवार र आफन्तको बारेमा जानकारी लिएको थियो ।

मंगलबार रातीनै चिकित्सकहरुको टोली राकाथुम पुगेर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि टेकु पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । काठमाण्डौको एक होटलमा काम गर्दे आएका व्यक्ती लकडाउन हुने वित्तक्कै गाउँ आएर बसेको भेटिएको पनि प्रमुख कर्णले जानकारी दिए । हाल संक्रमित विरामीको टेकु अस्पतालमा उपचार गराइरहेका छन् ।


मंगलबार सांझ सम्म अन्योलमा रहेको स्वास्थको टोली सूचना पाउना साथ प्रहरी सहित राकाथुम पुगेर कोरोना पोजेटिभ देखिएका व्यक्तिको घरआसपासको क्षेत्रलाई सिल गरि थप सोधपुछ र अनुसन्धानकोे समेत गरिरहेको छ ।