आज बिहीवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ ८ गते


हरेकपल May 20, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २१ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको चतुर्दशी तिथि राति ९।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र राति १२।२८ बजेसम्म रहनेछन् । यसैगरी सौभाग्य योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।१४ मा छ भने सूर्यास्त बेलुका ६।४८ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।

आज बिहीवार, दुर्गा भगवतीको उपाना लाभदायी रहनेछ । यसैगरी आज पहेला वसतुको प्योग पनि शुभ फलदायी रहनेछ ।