न्यूजिल्याण्डमा हप्ताको चार दिन मात्रै काम गर्ने प्रस्ताव


हरेकपल May 21, 2020

एजेन्सी । न्यूजिल्याण्डमा आन्तरिक पर्यटनलाई बढावा दिनका लागि प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले हप्ताको चार दिन मात्रै काम गर्ने योजना सुझाएकी छन् ।

न्यूजिल्याण्डको अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा पर्यटन व्यवसाय रहँदै आएको छ । तर कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र नै पर्यटन हो ।

सोही कारण उनले आन्तरिक पर्यटनलाई प्राथमिकता प्रदान गर्नका लागि हप्ताको तीन दिन बिदा दिने प्रस्ताव ल्याएकी हुन् । उनको प्रस्तावमा धेरै उत्साहित देखिएका छन् ।

अनलाइनमा धेरैले उनको यो योजनाको समर्थन गरेका छन् । तर केहीले भने चार दिनमा काम गर्ने अवधि लामो बनाइने हुँदा कर्मचारीहरुको प्रदर्शन कम हुने भन्दै चासो व्यक्त गरेका छन् ।