गाउँको सम्वृद्धिमा सिडिएसको काम , कर्म गर्दे कमाउँ दाम


हरेकपल May 21, 2020

रामेछाप ७ जेठ । स्थापनाकाल देखिनै विपन्नको पक्षमा कर्म गर्दे आएको जिल्लाको गैर सरकारी संस्था सामुदायीक विकास समाजले पछिल्लो पटक पनि आफनो आभियानलाई निरन्तरता दिंदै आएको छ । जस अनुसार उसले मंगलबार खाँडादेवि गाउँपाली वडा नं ७ को तीन गाउँका ८७ विपन्न परिवार र तिनमा पनि युवाहरुलाई लक्षित गरि उनिहरुको दिर्घकालीन संम्बृद्धिको लागि दुई हजार तीन सयवटा कागति र किविको विरुवा वितरण गरेको हो ।


कोरोना संक्रमणको त्रासका कारण मुलुक लक डाउनमा फसेको कारण गाउँमा आएका युवाहरु बेरोजगार भएका र उनिहरुले छोटो समयमा आफनै मेहनतबाट स्वरोजगार वनाउन सकियोस भन्नका लागि सिडिएसले सो गाउँपालीकाका अध्यक्ष प्रेम तामाङ्गको रोहबरमा उच्च जातिको फलको रुपमा परिचित कागति र किविको विरुवा वितरण गरेको हो ।

अभियान अन्र्तगत संस्थाले वडा नं ७ कोे चोप्राङ्ग,धार्जुग दबुरडाँडाका ८७ घर परिवारलाई २ हजार १ बोट किवि र ३ सय १० बोट कागतिको विरुबा पालीकाको समेत अपनत्व रहने गरि अध्यक्ष प्रेम तामङ्गको हातबाट उपलब्ध गराएको हो ।कोभिड –१९ का कारण रोजगार गुमाएर गाउँमा बसेको युवाहरुलाई स्थानिय स्तरमा स्वरोजगार बनाउँदै गाउँको सम्बृद्धि संगै जोड्ने संस्थाको लक्ष्य अनुरुप स्थानिय स्तरमानै उत्पादीत विरुवा वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ्गले जानकारी गराए । जस अन्र्तगत लक डाउनका कारण दैनिक जिविको पार्जनमा समस्या भएका ११ घर विपन्नलाई पनि संस्थाले खाडल खन्न्ो काममा सहयोग गरेबापत प्रतिधुरि २ हजार पाँच सयका दरले नगद समेत प्रदान गरेको छ ।


सहयोगी संस्था टिडिएच जर्मनीका देशिय निर्देशक श्याम कृष्ण श्रेष्ठ र वडा अध्यक्ष असल सिं तामाङ्ग सहित विरुवा हस्तान्तरण कार्यक्ममा उपस्थीति भएका गाउँपालीकाका अध्यक्ष पे्रम तामाङ्गले यस अघि पनि विपन्नको पक्षमा कृयाशिल सिडिएसले आफनो पालीकामा पनि प्रत्यक्ष रुपमा देखिने खालका काम गर्दे पालीकाको संबृद्धिमा सहयोग गर्दे आएकोमा धन्यवाद दिएका थिए । उनले यस्तै खालका अन्य गैर सरकारी संस्थाहरुलाई पनि गाउँमा आएर विपन्नको पक्षमा काम गर्न र त्यसका लागि आवस्यक सहयोग गर्न पालीका तयार रहेको बताए ।

यस अघिका वर्षहरुमा पनि विपन्नहरुको बस्तिमा पुगेर शिक्षा स्वास्थ र खानेपानी जस्ता नागरिकहरुको प्रत्यक्ष संबृद्धि संग जोडिएको काममा कृयाशिल सिडिएसले स्थानिय सरकारले पनि सहयोग गरेमा जिल्लाका अन्य पलिकालाई पनि संस्थाले अभियानमा जोड्न सक्ने बताए । टिकाउ र आम्दानीको हिसाबले पनि महत्वपुर्ण र छोटो समयमा आम्दानी दिन सफल हुने र त्यसबाट युवाहरुमा उत्साह जगाउन सजिलो होस भन्नका लागि संस्थाले सो जातका विरुवा बितरण गरेको पनि निर्देशक घिसिङ्गले जानकारी दिए ।