आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ १० गते


हरेकपल May 22, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २३ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको प्रतिपदा तिथि राति ११।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रोहिणी नक्षत्र राति ४।५० बजेसम्म रहनेछन् । यसैगरी अतिगण्ड योग र किंस्तुघ्न करण रहेका छन् । आज सूर्योदय बिहान ५।१३ मा छ भने सूर्यास्त बेलुका ६।४९ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् ।

आज शनिवार शिवजीको उपासनाका साथै पिपलको स्पर्श एवं पूजा विशेष लाभदायी रहनेछ । यसैगरी हनुमान्जीको दर्शन एवं स्तोत्रपाठ पनि शुभ फलदायी रहनेछ ।