श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २४ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको द्वितीया तिथि राति १२।१९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी सुकर्म योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१३ मा छ भने सूर्यास्त बेलुका ६।५० बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् ।
आज आइतवार सूर्य भगन्को उपासनाका साथै सूर्य भगवान्का उपासनाका साथै राता वस्तुको प्रयोग लाभदायी रहनेछ ।