सिरहामा १ क्विन्टल गाँजा बरामद


हरेकपल May 24, 2020

लहान,११ जेठ । नेपाल प्रहरीको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिकाबाट गाँजा बरामद गरेको छ । प्रहरी चौकी भगवानपुरबाट खटिएको सो टोलीले चारवटा बोरामा प्याकिङ गरेको एक क्विन्टल लागुऔषध गाँजा आज बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

बरामद गाँजा इलाका प्रहरी कार्यालय लहानमा राखिएको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए ।