काेराेनासम्बन्धी भ्रम र यथार्थ


हरेकपल May 24, 2020

जब सरकार र राज्य प्रणाली प्रतिको विश्वास हट्छ अनि राष्ट्र र राष्ट्रियता जोगाउन जनता आफै अग्रसर हुन थाल्छ । ब्यक्तिगत क्षमता र योग्यता अनुसार सबैको अभिप्राय राम्रो गर्छु भन्ने नै हुन्छ होला तर यसो भन्दैमा ३ करोड जनताले आफ्नो सिद्धान्त प्रतिपादन गर्न लागे भने यसले सकारात्मक भन्दा बढि नकारातमक परिणाम उत्पन्न गराउँछ । राष्ट्रको सीमाका सवालमा होस वा कोरोना ब्यबस्थापनका सवालमा हालैका दिनहरुमा सामाजिक संजालमा ओइरिएका प्रतिकृयाहरु यसका प्रत्यक्ष उदाहरण हुन । तलका अनुच्छेदहरूमा कोरोना संबन्धमा देखिएका यस्तै केहि भ्रम र अस्पष्टताहरुलाइ केलाउने कोशिश गरेको छु ।

नियमित मास्क लगाउने गर्दा कोरोना बाट आफु जोगिन सकिन्छ । तर मास्क अनिवार्य गर्नु पर्ने प्रमुख कारण चै अरूलाइ जोगाउन हो । जसरि हामि रुघाखोकिमा रुमालले मुख छोप्न सिकाउँछौ कोरोनामा पनि त्यहि सिद्धान्त लागु हुन्छ । फरक कहाँ छ भने रुघाखोकि लक्षण देखा परेपछि मात्रै सर्न सक्ने हुनाले लक्षण देखिएपछि मात्रै मुख छोप्द हुन्छ भने कोरोना भाइरस लक्षणा नदेखिँदै पनि सर्न सक्ने हुनाले मास्कले सधै नाकमुख छोपिराख्नु बुद्दिमानि हुन्छ । यदि कसैले मास्क लगाएन भने त्यो आफै बिरामि हुन्छ मलाइ के मतलब भन्ने नठानौं । यदि एउता संक्रमित बयक्तिले मास्क लगाएन भने उसले अर्को सयौं ब्यक्तिलाइ खतरामा पारिरहको हुन्छ । अझ कम उमेरका केटाकेटि हरूमा कोरोनाको जोखिम कम हुने हुनाले उनिहरूमा हेल्चेक्र्याइ गर्ने प्रबृति हुन्छ तर उनिहरु भाइरसका बहाक भने हुन सक्छन् । त्यसैले सबैलाइ अनिवार्यरूपमा मास्क लगाउन प्रोत्साहित गरौ । कोरोना भाइरस पानीका मसिना थोपा मार्फत बाहिर निस्कने हुनाले मास्कले यसलाइ जथाभाबि फैलनबाट रोक्छ । कपडाको मास्क अथवा रूमाल मात्रै पनि प्रभाबकारि हुन्छ भन्नु को कारण पनि यहि हो । नेपालमा त एन ९५ बेगर अन्य सबै मास्क बहिष्कार गर्ने चलन रहेछ । पाएसम्म राम्रै मास्क लगाअौं तर नपाएमा चाँही जे ले भएपनि नाक मुख ढाकौं । स्वास्थयकर्मी तथा बिरामि संग प्रत्यक्ष सम्पर्कमा आउने अन्य ब्यक्तीको लागि भने बिशेष प्रकारको मास्क नै चाहिन्छ ।

कोरोना श्वासप्रश्वास सम्बन्धि रोग हो । यो हात र छालाबाट सर्दैन । हात मिलाउँद पनि सर्ने होइन । मानिस स्वभाबैले अुनहारमा छोइरहने मुसारि रहने गर्दछ । यो मानिसको प्राकृतिक गुण नै हो । संक्रमित ब्यक्तिको नाक र मुख बाट भाइरस निस्कि रहने हँदा जब उनिहरु हातले नाक मुख छुन्छन उनिहरू को हातमा पनि भाइरस टाँसिन जान्छ । जब हामी त्यस्ता ब्यक्ति संग हात मिलाउँछौं हाम्रो हतमा पनि भाइरस सर्छ । अनि जब भाइरस भएको हातले नाक मुख सुम्सुम्याउँछौं अनि हामी पनि संक्रमित हुन्छौं। हात नमिलाउनु, नियमित हात धुनु र अरूले छोएको सतहमा सकेसम्म नछुनु भन्नु पछाडिको कारण यहि हो ।मास्क लगाउनु पर्ने अर्को कारण यो पनि हो । यदि हाम्रो हातमा कतैबाट भाइरस सर्यो र अन्जानमै नाक मुख तिर हात पुर्यायौं भने पनि मास्कले छेक्ने हुँदा संक्रमण हुन पाउँदैन ।

संक्रमित ब्यक्ति ले श्वास फेर्दा मात्र यो भाइरस बाहिर निस्किने हुनाले मृत ब्यक्ति बाट रोग सर्न सक्ने सम्भाबना एकदम न्युन हुन्छ । यदि मृत ब्यक्ति लाइ खालि हतले छुनै पर्ने अबस्था आइहाल्यो भने पनि तत्काल सबुन पनिले राम्रो संग हात धोयो भने कुनै खतरा रहँदैन । कोरोना का कारण कसैको मृत्यु भैहालेको खण्डमा सरकार वा अन्य आधिकारिक निकायले निर्देस गरे अनुसार अन्त्यष्टि गर्न सहयोग गर्नु नै हामि सबैको हितमा हुनेछ । तर यदि माहामारीले ठुलै रुप लियको अबस्थामा गाउँघरमा लासनै नउठ्ने समस्या नआओस त्यस तर्फ पनि ध्यान दिनु पर्छ । यदि स्थिति त्यति धेरै विकराल नभएकै खण्डमा पनि कुनै पनि समस्याको बास्तबिक यथार्थ बुझ्नुको सट्टा भ्रम र अफवाहको पछडि दौडनु कुनै पनि समाजको लागि हितकर हुँदैन । पहिलो कोरोना संक्रमित मृतकको अनत्यष्टि कार्य मा संलगन् दुई सैनिक जवानको जयजयकार समाजिक संजालमा कोरोना भन्दा बढि फैलियो । संभाबित जोखिमका बाबजुत पनि जुन हिम्मत देखाउनुभो त्सकालागि उहाँहरु सम्मानका हकदार हुनुहुन्छ । तर अरू भन्दा बढि सम्मान देखाउने होडमा अति गर्न थाल्दा सर्बसाधारणको मनमा अनाबस्यक त्रास मात्र पैदा गरेन उनै दुई सैनिकले पनि बिभिन्न किसिमका सामजिक बहिस्कार भोग्नु परेको समाचार हरू आए ।

अन्य देशका आंकडालाइ झट्ट् हेर्दा कहालिलाग्दो देखिएपनि कुल जनसंख्या को आधारमा हेर्ने हो भने यो संख्या त्यति ठुलो होइन । यिनै देशका पनि ठुला र घना बस्ती भएका सहरहरू मात्र बढी आक्रन्त भएका छन्। यसरी अत्याधिक फैलनुमा शहरका सार्बजानिक यातायात र त्यसमा पनि भुमिगत रेल प्रणालि बढि दोषी ठानिन्छ । आशा गरौ नेपालमा कोरोनाले त्यस्तो भयाबह रूप लिने छैन । कुनै कुनै घना बस्ति भएका सहरि क्षेत्र भन्दा बाहेक हाम्रो गाउँ बस्तीका मुख्य गरि पहाडि गाउँ का घरहरू एक आपसमा छरिएर रहेका हुनाले आशा गर्न सकिने आधार हरु पनि प्रसस्तै छन् । यसरी हाम्रो संरचनालेनै एक हदसम्म समाजिक दूरी निर्धारण गरिदिएको हुनाले दैनिक कृयाकलापमा सामान्य सावधानी अपनाउन सके पनि संक्रमण को दर मा निकै कमि आउन सक्छ ।

अन्तमा कोरोना एउटा सामान्य किसिको भाइरस हो । न यो एचअाइभी जस्तो कहिले निको नहुने भाइरस हो न त बिफर जस्तो अत्याधिक मृत्युदर भएको भाइरस । अन्य सवास्थ्य समस्या नभएका वयस्क ब्यकतिको लागि यसको असर साधारण रुघाखोकि सरह मात्रै हो । यसको सबभन्दा नकारात्मक पक्ष भनेको बिना लक्षण पनि सर्न सक्ने र अत्याधिक छिटो फैलने हुनाले एकैचोटि धेरै बिरामि हुन सक्ने हो । यसैले यो एउटा ब्यकतिको भन्दापनि समुदाय र राष्ट्रको लागि ठुलो समस्या हो । अनि एउटा निष्चित उमेर समुहलाइ अत्याधिक असर पार्ने हुँदा बृद्द बुज्ररुक समुदायको सुरक्षा आजको सबभन्दा ठुलो चुनौति हो र हामी सबैले त्यस तर्फ बढि ध्यान पुर्याउन जरूरी छ ।