आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ १२ गते


हरेकपल May 24, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको २५ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको तृतीया तिथि राति १२।१२ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र बिहान ५।४९ बजेसम्म रहनेछ । यसैगरी धृति योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।१२ मा छ भने सूर्यास्त बेलुका ६।५० बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा छन् ।


आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ ।