२ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोनालाई


हरेकपल May 25, 2020

काठमाडौं । नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमितमध्ये थप १८ जना उपचार पछि घर फर्किएका छन ।

२ महिने शिशु र १० बालबालिकासहित १८ जना निको भएर डिस्चार्ज भएका हुन् । वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको अस्पतालका मेसु डा ।मदन उपाध्यायको भनाई छ ।

छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।