संक्रमित भेटिएपछि ठमेलक्षेत्र सिल


हरेकपल May 25, 2020

काठमाडौं । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको हो ।

उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

हालसम्म नेपालमा ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै हालसम्म ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । ३ जनाको मृत्यु भएको छ ।