नुवाकोटका पहिलो संक्रमित नेकपा नेता, दस दिनका लागि ककनी-३ सिल


हरेकपल May 25, 2020

नुवाकोट । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्ति नेकपाका नेता भएको खुलेको छ। यसैकारण उनको सम्पर्क धेरै जनासँग भएको आशंकामा उनको घर रहेको ककनी गाउँपालिकाको वडा नम्बर ३ संक्रमण पुष्टि भएको आइतबार साँझदेखि नै १० दिनका लागि सिल गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आइतबार साँझै विज्ञप्ति जारी गरी ककनी वडा नम्बर ३ मा अब १० दिनका लागि हिँडडुल गर्न नपाइने, वडामा रहेका सबै सरकारी कार्यालयसमेत बन्द रहने गरी घरबाट निस्कन नपाइने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्।

अध्यक्ष लामाका अनुसार संक्रमित व्यक्ति नेकपाका नेता हुन्। साथै प्रदेश खानेपानी योजनाका केन्द्रीय सदस्यसमेत भएकाले उनी काठमाडौं ओहोदोहोर गरिरहन्थे। पछिल्लोपटक उनी यही जेठ ५ गते काठमाडौं आएका थिए।