मन्थलीको लक्ष्मी आयल स्टोर्समा फेरी पनि सिल


हरेकपल May 25, 2020

रामेछाप १२ जेठ । उपभोक्ता हरुबाट मिसावटयुक्त पेट्रोल विक्रि गरेको भन्ने ब्यापक गुनासाको आधारमा चार दिन अघि प्रशासनले सिल गरेको मन्थलीको लक्ष्मी आयल स्टोर्स पुन सिल गरिएको छ । पुन गरिएको सिल संगै उस माथिको अनुसन्धान गहिरिने भएको छ । पम्प संचालकले बजार अनुगमन समितिलाई पनि झुक्याउने र ढाँट्ेको भन्ने प्रमाणका आधारमा प्रसासनले आयल निगमको प्रतिनिधि समेत राखेर आईतबार सिल गरेको पम्प माथी थप अनुसन्धान गरेको हो ।
आयल निगम काठमाडौका वितरण विभागका प्रबन्धक विदुर कोईरालाको नेतृत्वमा खटिएको टोलीले अघिल्लो सिललाई पुन तोडेर टयाँकि भित्रको ईन्धन र नोजल स्ट्याण्ट समेतको निरिक्षण गरेको थियो । करिब ३ घंण्टा लगाएर गरेको अनुसन्धानमा पम्प संचालकले आन्तरिक हिसाब किताव पारदर्शि ढंगले नराखेको निगमका प्रतिनिधिले सोधेको धेरै प्रश्नहरुको चित्तबुझदो जबाफ दिन नसेकेको र अन्य संकास्पद ब्यवहारका आधारमा पुन पम्पलाई सिल गरेको टोलिका संयोजक प्रशासकिय अधिकृत भाष्कर दाहाले जानकारी दिए ।


गत विहिबार साँझ प्रशासकिय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले पम्पमा गडबडि भएको आँशका गरि मिसावट भेटिएको पेट्रोलको नमुना लिएर उक्त स्टोर्सलाई सिल गरेको थियो ।
उक्त आयल स्टोर्सले मिसाबट युक्त पेटोल विक्रि गरिरहेको र काउण्टर संचालकको ब्यवहार पनि पारदर्शि नहुने गरि काम हुने गरेको लगायतका सूचनाका आधारमा उक्त पेटोलपम्पमा सिल गरिएको जानकारी प्रशासनले गराएको थियो । यस अघिका दिनमा पनि बेला बेलामा ग्राहकहरुबाट विभिन्न गुनासा आउने गरेको उक्त पेटोलपम्पले केहि दिन अघि देखी मिसावटयुक्त पेटोल विक्रि गर्दे आएको र उक्त पेटोलले मोटर साईकलनै नचल्ने भएपछि उपभोक्ताहरुले धमाधमा आफुले लगेको पेटोल ल्याएर पम्पमा जिम्मा लगाई रहेका छन् ।


उक्त पम्पले जहाजहरुका लागि मात्र प्रयोगमा ल्याईने हबाई इन्धन मन्थली एरपोर्टमा रहेको आएल निगमको डिपोका कर्मचारीहरुकोे मिलेमतोमा उच्च मुल्यमा विक्रिका लागि न्युन मुल्यमा ल्याएर मिसावट गर्नै गरेकोले पनि पम्प सिल हुने अवस्थामा पुगेको स्थानियहरुले दावि गरेका छन् ।
अनुगमनका क्रममा काउण्टर संचालक गोमा कार्किले भने मिसावटमा आफुहरुको कुनै पनि दोष नरहेको जानकारी गराएकि थिईन् । उनले मिसावट देखिएको सत्य हो तर के गरि मिसावट भयो भन्ने कुरा आफुलाई कुनै जानकारी छैन् । जसका कारण आफुहरुले ठुलो मात्राम विक्रि गरेको ईन्धन समेत फीर्ता झिकाई सकेको उनको भनाई रहेको छ । उक्त पेटोल पम्प संचालक रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष हुन ।
पुन सिल गरिएको पम्प संचालनको लागि भने समय लाग्ने देखिएको छ । आयल निगमका टोली नेता विदुर कोइरालाले नमुनाको लागि लिएको ईन्धन परिक्षण नाप तौल तथा गुणस्तर विभाग बाट मात्र हुने जानकारी दिए । उनका अनुसार विल भर्पाई तथा हिसाव किताबको बारेमा टुंगोमा पुगेपछि मात्र उक्त पम्पको भविष्यको बारेमा बोल्न सकिने पनि बताए ।