थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको सङ्ख्या ६७५ पुग्यो


हरेकपल May 25, 2020

काठमाडौं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६७५ जना पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो।

उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो।