प्रधानमन्त्री ओलीले आज ५ः ३० बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुने


हरेकपल May 25, 2020

काठमाडौँ,१२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएको छ ।प्रधानमन्त्रीको सम्बोधन देशमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ ।
नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुपूर्व ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।