हामी किन दयालु बन्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 25, 2020

दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्युर्दया यत्र न विद्यते ।।
–नीति श्लोक

निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ ।


दया जीवन हो । जसले जीवनमा नयाँ ऊर्जा प्रवाहित गर्दछ । दयाभाव सबैमा हुनु आवश्यक छ । निर्दही भएर गरेका कार्य निष्फल रहन्छन् । यसैगरी निर्दयी कार्यले अधर्म बढ्ने भएकाले निदृयी बन्नु हुँदैन भनी वेदले पनि आदेश गरेको छ । दयाहीन हुनु वेदको निन्दक बन्नु हो । स्वयं नै अधर्मको मार्गमा लाग्नु हो । यसैले जीवनदायिनी दया हामी सबैमा रहनु पर्दछ । जसले वेदोक्त धर्मको पनि परिपालना हुन्छ भन्ने नीतिवचन मननीय छ ।