नायिका ढुंगानाको स्वरमा नेपाली गणेश भजन


हरेकपल August 23, 2020

काठमाडौं, ७ भदौ । नायिका नीता ढुंगानाले आफ्नो स्वरमा ‘नेपाली गणेश भजन’ सार्वजनिक गरेकी छिन् । उनले आफ्नै युट्युब च्यानल ‘नवनिता इन्टरटेन्टमेन्ट’मार्फत शनिबार भजन सार्वजनिक गरेकी हुन् ।

रामजी लामिछानेले निर्देशनमा सन्जय लामाले छायांकन गरेको भिडिओमा नायिका नीतासँगै सुनिल सिटौला, अम्सु पोखरेल, अनिता बजागाईं, भवानी बजागाईं, शान्ता मगर लगायतको प्रस्तुति देख्न सकिन्छ ।

यसमा दिनेश न्यौपानेले संगीत भरेका छन्। ।गणेश मन्त्रको पुरानो शब्द रहेको यो भजन ७ मिनेट बढी लामो छ । झन्डै २४ घण्टामा भिडिओले १ लाख बढी भ्युज कमाएको छ ।