मित्रको परीक्षा कतिबेला हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल September 14, 2020

जानीयात्प्रेषणे भृत्यान् बान्धवान् व्यसनागमे ।
मित्रं चापत्तिकाले तु भार्यां च विभवक्षये ।।
– चाणक्य

नोकरलाई घर पठाउँदा, कुटुम्बको संकट आउँदा, मित्रको विपत्तिका समयमा र पत्नीको धन नाश भएका वेला परीक्षा हुन्छ ।

नोकरको परीक्षा विदा दिई घर पठाउँदा हुन्छ । ऊ फर्किएर आउँछ आउदैन ? समयमा आउछ आउदैन ? समयमा आए मात्र ऊ असल ठहरिन्छ । यसैगरी आफन्तजनको परीष संघटको घडीमा हुने गर्दछ । जसले संकटमा सहयोग गर्छ ऊ नै वास्तवमा आफन्त हो । यसैगरी धन वैभवको विनाश भएको वेलामा साथ दिने पत्नी नै असली पत्नी ठहरिन्छन् । विपत्तिमा साथ दिने पत्नी नै असली हुन सक्छन् । अर्थात् विसम परिस्थितिमा पनि साथ दिने व्यक्ति नै वास्तवमा आफन्त हुन सक्छन्, आफ्ना हुन सक्छन् भन्ने चाणक्य वचन मननीय छ ।