कस्ता कुरामा सदा ख्याल राख्नुपर्छ ? हेर्नुहोस् अजको नीति वचन


हरेकपल September 15, 2020

शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे
साधवो नहि सर्वत्र चन्दनं न वने वने ।।
–हितोपदेश

सबै पर्वतमा माणिक्य मणि पाइदैन, सबै हात्तीमा मोती मिल्दैन, सज्जन सर्वत्र हुदैनन् र सबै वनमा चन्दन पनि पाइदैन ।

पर्वतमा मणि हुन्छ । तर सबै पर्वतमा मणि हुँदैन । कुनै निश्चित पर्वतमा मात्र मणि मिल्नसक्छ । यसैगरी मोती हात्तीको मस्तकमा रहन्छ, तर सबै हात्तीमा मोती हुँदैन । यसैगरी मान्छे सर्वत्र भए पनि सज्जन सर्वत्र र सबै हुँदैनन् । यसैगरी श्रीखण्डचन्दन वनमै हुँने हो तर, सबै वनमा श्रीखण्ड खोज्नु व्यर्थ हुन्छ । असली वस्तुको प्रप्ति विरल नै हुने गर्दछ । त्यसैले जीवन यापनका क्रममा यस्ता कुरामा पनि हेक्का राख्न सक्नुपर्छ भन्ने नीतिवचन मननीय छ ।