जाडो मौसममा कोरोना भाइरसको प्रकोप अझै बढ्न सक्ने चेतावनी


हरेकपल October 16, 2020

जाडोको मौसममा कोरोना भाइरसको (कोभिड १९)को प्रकोप अझै बढ्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ । वैज्ञानिकहरुले जाडोमा फेरि एकपटक कोरोना भाइरस तीव्र गतिमा फैलने चेतावनी दिएका छन् ।

न्यानो लेटर्स जर्नलमा प्रकाशित समाचारअनुसार गर्मीमा एरोसोलका स–साना कणका कारण कोरोना फैलिरहेको थियो भने जाडोमा रेस्पिरेटरी ड्रोप्लेट्सको सीधा सम्पर्कमा आएर पुनः एकपटक कोरोना भाइरसको महामारी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

अध्ययनमा भनिएको छ, जाडोमा ‘फिजिकल डिस्ट्यान्सिङ’ ले मात्रै कोरोना रोेकथाम हुन सक्दैन ।’ अध्ययनका लेखक यानिइंग झूले भनेका छन्, ‘हामीले थुप्रै केसहरुमा रेस्पिरेटरी ड्रोप्लेट्स सीडीसीद्वारा बताइएको ६ फिटभन्दा बढी दूरी तय गर्दछ ।’

अनुसन्धानकर्ताहरु भन्छन्, ‘यस्तो वातावरणमा भाइरस लगातार बनिरहन्छ । ज्रीवितै रहन्छ । र केही मिनेटदेखि एक दिनभन्दा बढी समयसम्म सतहमा रहन्छ ।’

वैज्ञानिकका अनुसार गर्मीमा ड्रोपलेट कन्टेक्टको तुलनामा एरोसोल ट्रान्समिसन धेरै हुन्छ । जसले गर्दा जाडोमा ड्रोपलेट कन्टेक्ट धेरै खतरनाक मानिन्छ । जाडो वा चिसो मौसममा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने आदि गर्नुपर्छ ।