पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्जार्च


हरेकपल October 16, 2020

रक्तचाप उच्च भएपछि बुधबार धुम्बाराहीस्थिति ह्याम्स अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्जार्च भएका छन्. । पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार डाक्टरहरुले केही दिन बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल दुई दिन अस्पतालमै बसेका थिए। स्वास्थ्यमा सुधार भएपछि उनलाई शुक्रबार अपराह्न डिस्चार्ज गरिएको हो ।

अस्पताल बसाइका क्रममा खनालको कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको भट्टराईले जानकारी दिएका छन् ।