नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि


हरेकपल October 16, 2020

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७१५ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् । विगत २४ घण्टामा ३ हजार ५२२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।