काठमाडौं उपत्यकामा थपिए २ हजार ४ सय २ जना संक्रमित


हरेकपल October 16, 2020

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमण निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

आज देशभर ७७ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइराखेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।