राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।
राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोगले प्रतिवेदन पेश गरेको हो ।
ती आयोगले नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।