भारतमा एकै दिन ६१ हजारलाई संक्रमण, एक हजारको मृत्यु


हरेकपल October 18, 2020

छिमेकी मुलुक भारतमा हिजो शनिवार एकै दिन ६१ हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय समाचार संस्थाहरुका अनुसार हिजो नै १ हजार ३३ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार पुगेको छ ।

भारतमा विश्वमै दोस्रो ठूलो संख्यामा कोरोना संक्रमित छन् । जहाँ संक्रमित संख्या ७४ लाख ९४ हजार पुगेको छ ।

सबै भन्दा बढी कोरोना संक्रमण अमेरिकामा पुष्टि भएको थियो । अमेरिकामा संक्रमितको संख्या ८३ लाख पुगेको छ ।