नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् ।
गत बुधबार आफूले स्वाद गन्धहरु पाउन छाडेपछि परीक्षण गर्दा संक्रमण नदेखिएको तर शनिबार पुनः परीक्षण गर्दा भने कोभिड–१९ देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।