केएसमी अस्पतालको तेस्रो तलाबाट हामफालेर २६ वर्षीय युवकले गरे आत्महत्या


हरेकपल October 19, 2020

काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएसमी) अस्पतालको तेस्रो तलाबाट हामफालेर एकजनाले आत्महत्या गरेका छन् ।

उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । बिहान करिब पौने ९ बजे अस्पतालको तेस्रो तलाबाट खसेर २६ वर्षीय युवक रोशन खड्काको मृत्यु भएको हो ।

आइतबार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोलुखुम्बु घर भएका खड्का परिवारसँगै काठमाडौंको बानेश्वरमा बस्दै आएका थिए ।