पूर्वप्रधानमन्त्री डा. भट्टराईको आक्रोश : यस्तो सरकार किन चाहियो ?


हरेकपल October 19, 2020

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार कमिसन–भत्ता डकारमा डुबेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले सरकारका आसेपासेहरू कमिसन र भत्ताको डकारमा डुबेको बताएका हुन् ।

कमिसन र भत्तामा डुबेको सरकार किन चाहियो भन्दै उनले प्रश्न गरेका छन् । उनले कोरोना उपचार खर्च आफैँ गर भन्ने, बेहोस भए मात्रै अस्पताल जाऊ भन्ने महिनौंदेखि स्कुल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर भन्ने सरकार नचाहिने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. भट्टराईले भनेका छन् :

‘कोरोना उपचारखर्च आफैँ व्यहोर ! बेहोस भए मात्रै अस्पताल जाऊ ! बेरोजगार श्रमिक रुँदै गाऊॅ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कुल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन–भत्ता डकार ! यस्तो सरकार किन चाहियो ?’