देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक : गृह मन्त्रालय


हरेकपल October 19, 2020

गृह मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जनाएको छ ।

आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने लगायतका सन्देश पुगेको थियो ।