कांग्रेसको निर्णयले नेकपालाई दबाब, दशैँ भत्ता फिर्ता गर्ने


हरेकपल October 19, 2020

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदको दशै भत्ता कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेपछि सत्तारुढ दल नेकपालाई दबाब परेको छ ।

कांग्रेसको निर्णय पच्छयाउँदै नेकपाले पनि आफ्नो पार्टीका सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने जनाएको छ ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

कोरोनाविरुद्धको लडाइँ पहिलो प्राथमिकता रहेको भन्दै नेम्वाङले दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । केहीबेरमा प्रधानमन्त्रीले यसबारे वक्तव्य जारी गर्ने उनको भनाइ छ ।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।