अमेरिकी निर्वाचन : दुई करोड ७० लाख बढीले गरे मतदान


हरेकपल October 19, 2020

अमेरिकामा राष्ट्रपति निर्वाचन हुन १६ दिन बाँकी रहँदा दुई करोड ७० लाख मतदाताहरुले मतदान गरिसकेका छन् । सीएनएन, एडिसन रिसर्च एन्ड क्याटालिस्टका निर्वाचन अधिकारीहरुको सर्वेक्षण अनुसार औपचारिक मतदानको दिनभन्दा १६ दिन अघि नै दुई करोड ७० लाख मतपत्र खसिसकेका छन् ।

४५ राज्यहरु र कोलम्बिया जिल्लामा मतदाताहरुले गरेको मतदानसम्बन्धी तथ्यांक उपलब्ध गराउने व्यवस्था गरेको छ । सन् २०१६ मा खसेको कुल १३६ मिलियन मतदाताहरुको तथ्यांकलाई आधारमान्दा २० प्रतिशत मत निर्वाचन अगावै खसिसकेको छ ।

जर्जियामा आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार १४ लाख ५० हजार मतदाताहरुले मतदान गरिकसकेका छन् । यो संख्या सन् २०१६ को यही अवधिलाई आधार मान्दा १५२ प्रतिशतले मतदान गरिसकेका छन् । सन् २०१६ को यही अवधपमा पाँच लाख ७४ हजारले मात्रै मतदान गरेका थिए ।

शुक्रवारसम्म, मतपत्रहरू सबै ५० वटै राज्यहरुमा उपलब्ध भइसकेका छन् । आगामी दिनमा थप महत्वपूर्ण र उल्लेख्यरुपमा मतदान हुने जनाइएको छ । नेभाडामा शनिबार बिहानदेखि मतदान खुला गरिएको छ । मतदान खुला गरिएको पहिलो दिन नै १७ हजार ८०० ले मतदान गरेका छन् ।
उत्तर लास भेगासमा करिब दुई घण्टा ढिलो गरी मतदान खुला गरिएको थियो ।

हार्डवेयरमा समस्या हुँदा मतदान दुई घण्टा ढिलो गरी मतदान सुरु भएको हो । फ्लोरिडामा २४ अक्टोबरसम्म सबै सहरहरुमा मतदान सुरु भइसक्ने जनाइएको छ ।

ब्रोवार्ड, डुभाल, मियामी–डडे र पामबीच जस्ता महत्वपूर्ण काउन्टीमा पनि अक्टोबर २४ सम्म सुरु भइसक्ने जनाइएको छ ।
अमेरिकका राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकनबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटतर्फबाट जो बाइडेनले प्रतिस्पर्धा गरिरहेका छन् ।

कोरोना महामारीका कारण निर्वाचनको औपचारिक दिन अर्थात ३ नोभेम्बरभन्दा अगावै ठूलो संख्यामा मतदाताहरुले मतदान गरिसक्ने अपेक्षा गरिएको छ ।