धनीले दिन चाहे दानपात्र राखौँ, तर सबैको निःशुल्क उपचार गरौँ : डा. बाबुराम भट्टराई


हरेकपल October 21, 2020

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भागेपछि महामारीले झन् विकराल रुप लिने चेतावनी दिएका छन् ।

यो निर्णय सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा रहेको बताउँदै डा. भट्टराईले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय पैसाको अभावले गरेको हो भनेर मान्न नसकिने पनि दाबी गरेका छन् ।

सरकारले भ्रष्टाचार र फजुल खर्च रोके मात्रै पुग्ने उल्लेख गर्दै डा. भट्टराईले सबै खर्च रोकेर भए पनि जनताको ज्यान जोगाउन लाग्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!