राष्ट्रपतिले उद्घाटन गरिन् दरबार हाईस्कुल र रानीपोखरी


हरेकपल October 21, 2020

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्मित दरबार हाईस्कुल र रानीपोखरीको आज एक कार्यक्रमबीच उद्घाटन गरेकी छन् । समारोहमा प्रधानमन्त्री केपी ओली पनि उपस्थित थिए ।

२०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् ।

झण्डै पाँच वर्षपछि पुननिर्माण सम्पनन भएको रानीपोखरीको उनले उद्घाटन गरेकी हुन् । रानीपोखरी मल्लकालीन शैलीमा नेपाल सरकारले पुनर्निर्माण गरेको हो ।

रानीपोखरीको उद्घाटन लगत्तै राष्ट्रपति भण्डारीले दरबार हाईस्कुलको पनि उद्घाटन गरेकी छन् । दरबार हाईस्कुल चीन सरकारको सहयोगमा निर्माण भएको हो ।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भूकम्पका कारण भएको मानवीय क्षति फिर्ता गर्न नसके पनि भौतिक संरचना भने अझ बलियो गरी निर्माण गर्ने प्रतिवद्धताले मूर्तता पाउँदै गएको कोमा आफूलाई खुशी लागेको बताएकी छिन् ।

उनले भूकम्पबाट क्षति भएका बाँकी संरचानले पनि छिट्टै पूर्णता पाउने विश्वास उनले गरिन् ।