नेकपा कर्णाली विवाद नयाँ मोडमा प्रवेश : नवनियुक्त प्रमुख सचेतकले बोलाइन् दलको बैठक


हरेकपल October 21, 2020

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि चरम उत्कर्षमा पुगेको नेकपा कर्णालीको विवादले नयाँ मोडमा प्रवेश गरेको छ । विवाद समाधानका लागि भन्दै दुवै पक्षलाई काठमाडौं बोलाएका दुई केन्द्रीय अध्यक्षबीचको बैठक पनि विवादित रुपमै टुंगिएको थियो ।

बैठकपछि दुवै अध्यक्षका सचिवालयले फरक–फरक धारणा सार्वजनिक गरेका थिए । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच विभिन्न चारबुँदे सहमति भएको र कर्णली विवाद समाधान भएको सावैजनिक गरेका थिए भने अध्यक्ष्ँ प्रचण्डको सचिवालयले विवाद समाधानको जिममा प्रदेशलाई नै दिएकाले कुनै भ्रममा नपर्न भनेका थिए ।

विवादले समाधानको बाटो नपहिल्यमउँदै बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेकी प्रमुख सचेतक सीता नेपालीले संसदीय दलको बैठक आह्वान गरेकी छिन् । सचेतक नेपालीले बैठक बोलाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली कर्णाली फर्किने भएको छ भने अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षले भने अवैधानिक सचेतकले बोलाएको बैठकमा नजाने प्रतिक्रिया दिएका छन् ।

‘बिहीबार ११ बजे संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको छ । अब मुख्यमन्त्री शाहीले दलको बैठकमा अविश्वासको प्रस्तावलाई सामना गर्ने तयारी गरेको बुझिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने ७ जना सांसदले दलका नेता तथा मुुख्यमन्त्री शाहीविरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिइसकेका कारण आफू सुरक्षित महसुस गर्दै शाहीले सो प्रस्ताव सामना गर्ने तयारी गरेका हुन् ।

आफूविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड र नेता माधव कुमार नेपालले आफू पक्षधरलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । प्रस्ताव फिर्ता लिएर गुन लगाएबापत नेपाल पक्षले सचेतक पाइसकेको छ भने थप तीन मन्त्री दिने सहमति भएको छ ।