कोरोना भाइरस उपचार कोषमा राष्ट्रपतिले दिइन् दुई महिनाको पारिश्रमिक


हरेकपल October 21, 2020

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले चालू आर्थिक वर्षको दुई महिनामा पाउने पारिश्रमिक र चाडवाड खर्च बापत प्राप्त हुने रकम कोषमा प्रदान गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले उक्त रकम महामारी नियन्त्रणका लागि कोषमा प्रदान गरकी उल्लेख छ ।