‘मुलुक र जनताको जीवनप्रति सरकार उदासीन’


हरेकपल October 23, 2020

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले मुलुक र जनताको जीवनप्रति सरकार उदासीन देखिएको बताएका छन् ।

सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको नेता जोशीले बताएका छन् ।

‘क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा भएको नेता जोशीले बताएका छन् ।