आइपीएलमा चेन्नेई पहिलाे पटक लिग चरणमा राेकियाे, मुम्बई १० विकेटले विजयी


हरेकपल October 24, 2020

इन्डियन प्रिमियर लिग आइपीएलमा साविक विजेता मुम्बई इन्डियन्सले सातौं जित निकालेको छ । जितसँगै मुम्बई लिगको शिर्ष स्थानमा पुगेको छ भने चेन्नई प्रतियोगिताबाट बाहिरीएको छ । आइपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरीएको यो पहिलो पटक हो  ।साविक विजेता मुम्बईले १० विकेटका जित निकाल्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउन सक्यो । उसले याे खेलमा आइपीएलकाे इतिहासमै खराब प्रदर्शन गर्न पुग्यो । टिमले चार विकेट गुमाउँदा टिमको स्कोर तीन रन रहेको थियो । पहिलो ओभरको पाँचौं बलमा ऋतुराज गायकवाड खातानै नखोली आउट भएपछि चेन्नाईको विकेट पतन हुरु भएको थियो ।

त्यसपछि क्रिजमा आएका अम्बाती रायडू व्यक्तिगत २ रन बनाएर आउट हुन पुगे । यसैगरी तेस्रो विकेटको रुपमा नारायण जग्दीशनले डकआउट भए । ओपनिङ आएका फाफ डु प्लेसिस पनि व्यक्तिगत २ रन बनाएर आउट हुँदा टिमको स्कोर ४–३ भएको थियो ।

त्यसपछि कप्तान महेन्द्र सिंह धोनीले चेन्नाईको स्कोर अघि बढाउन खोजेका थिए । उनीसँगै क्रिजमा रहेका रविन्द्र जडेजाले धेरैबेर साथ दिएनन् । व्यक्तिगत सात रन बनाएर आउट हुँदा चेन्नाइले २१ रनमा पाँचौं विकेट गुमाएको थियो । धोनी पनि १६ रन जोड्दै आउट भए । छैटौं विकेटको रुपमा आउट भएका धोनीले चेन्र्नाका लागि आज बनाएको दोस्रो ठूलो सर्वाधिक रन हो ।

साम करणले भने चेन्नाईको ईज्जत जोगएका थिए । दीपक चाहर सून्य रनमै आउट हुँदा सार्दुल ठाकुर दोहोरो अंकमा रन बनाउँदै पभेलियन फर्किए । ठाकुर हुँदा चेन्नाईको स्कोर ८–७१ रहेको थियो । त्यसैगरी इमरान ताहिरले पनि चेन्नाईका लागि दोहोरो अंकमा रन बनाए ।

ताहिर १३ रनमा नटआउट रहँदा साम करण भने अर्धशतकीय पारि खेल्दै आउट भए । उनले ४७ बलमा ५२ रन बनाउँदै अन्तिम ओभरको अन्तिम बलमा बोल्टबाट आउट हुन पुगे । उनको अर्धशतकीय मद्दतले चेन्नाईले ९ विकेट गुमाएर ११४ रन बनाउन सफल भयो ।
मुम्बईका लागि ट्रेन्ट बोल्टले चार विकेट लिँदा जसप्रित बुमराह र राहुल चहारले दुई दुई विकेट लिए ।

जवाफमा १२ ओभर २ बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । मुम्बईको जितमा इसान किशनले अविजीत ६८ रन बनाए भने क्विन्टक डी ककले ४६ रनको योगदान गरे ।

यो सिजनमा चेन्नेईलाई प्रतियोगिता अगाडी देखि नै झट्का लागेको थियो । खेल सुरु हुनु भन्दा अगाडी नै मुख्य खेलाडी सुरेस रैना र हरभजन सिंहले प्रतियोगिता नखेल्ने निर्णय गर्नु उसका लागि घाटा हुन पुग्यो ।

यसका साथै यो सिजनमा चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीको प्रदर्शन पनि राम्रो हुन सकेन । मुम्बईकाे १० खेलमा १४ अङ्क भएकाे छ । रन रेटका आधारमा मुम्बई लिगकाे शिर्ष स्थानमा उक्लिएकाे छ ।