पोल्यान्डका राष्ट्रपतिलाई कोरोना संक्रमण


हरेकपल October 24, 2020

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयले सो जानकारी दिएको हो ।

पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको र राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो रहेको शनिबार ट्विटरमार्फत जानकारी दिएका छन् ।

पोल्यान्डमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार १ सय ७२ पुगेको छ । शुक्रबार मात्रै १५३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

शुक्रबार मात्रै पोल्यान्डमा १३ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।